काठमाण्डाै – ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर नेपाल आइपुगेको छ । नेपाल वायु सेवा निगमको वाइड बडी जहाजले ओमानको राजधानी मस्कट बाट अक्सिजन सिलण्डर नेपाल ल्याएको हो । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले नेपालमा अक्सिजन सिलिण्डरको अभाव भएको सुनेदेखि नै आफूहरुको मन पोल्न थालेको र सबैको सहकार्यमा सिलिन्डर जुटाएर नेपाल पठाइएको बताउनुभयो ।

उज्यालोसँगको कुराकानीमा पराजुलीले भन्नुभयो, ‘देशमा स’मस्या पर्दा हामी चुप लागेर बस्ने कुरा भएन, ओमानमा रहेको नेपाली ‘सोसल क्बल’ र दूतावासको पहलमा खाडीमा काम गर्ने नेपालीहरुले सहयोग जुटाउनु भयो र ४/५ दिनकै पहलमा हामीले सिलिन्डर नेपाल पठाउन सफल भयौँ ।’

राजदूत पराजुलीले खाडीमा पसिना बगाएर कमाएको पैसाले देशको लागि सहयोग गर्ने सबै सहयोगीलाई धन्यवाद पनि दिनु भएको छ । थप के कस्तो सहयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल थालिएको पनि उहाँले बताउनु भयाे । सामाजिक सञ्जालमा अक्सिजन लिन नपाएर ज्या’न गएका खबरले मन पोलेपछि उनीहरूले आफ्नो गाँस काटेर ५ सय ६० थान सिलिन्डर पठाएका छन् ।

खुसीको खबर ! नेपालमा पछिल्लो २४ घण्टामा ६६४८ संक्रमित निको भई डिस्चार्ज भए
पछिल्लो २४ घण्टामा देशभर ६ हजार ६४८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्।स्वास्थ्य मन्त्रालयका अनुसार देशभर हालसम्म तीन लाख ३९ हजार ७५६ जना निको भइसकेका छन्।आज देशभर सात हजार ३६८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ४३९ जनाको पिसिआर र ३४४ जनाको एन्टीजेन परीक्षणमा सात हजार ३६८ जनालाई संक्रमण पुष्टि भएको छ।

पिसिआर विधिबाट सात हजार ३१६ र एन्टीजेन विधिबाट ५३ जना संक्रमित पुष्टि भएका हुन्। योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख १० हजार २६३ पुगेको छ। देशभर ७०१ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *