चितवन, बैशाख २४
कोरोना भाइरस (कोभिड–१९) ले आक्रान्त बनेको चितवनमा भरतपुर महानगरकी प्रमुख रेनु दाहाल झुठको प्रचार गर्न व्यस्त देखिएकी छिन् । महामारीका बेला महानगरवासीको समस्यालाई बुझ्नभन्दा पनि उनी मिडियालाई झुठको समाचार प्रकाशन गराउन बाध्य बनाएकी छिन् ।

जिल्ला प्रशासन कार्यालय चितवनले सात वटै स्थानीय तहलाई आइसोलेशन सेन्टर बनाउन आग्रह गरेको थियो । चितवनका ६ वटा स्थानीय तहले आइसोलेशन सेन्टर तयार पारी सक्दा भरतपुर महानगरले भने आइसोलेशन बनाउन सकेको थिएन् । त्यसपछि भरतपुर महानगरले आइसोलेशन बनाउन नसकेको भन्दै नारायणी अनलाइनले समाचार प्रकाशन ग¥यो ।

उक्त समाचार प्रकाशनपश्चात विभिन्न मिडियामा अर्काे समाचार प्रकाशन भयो । उक्त समाचारहरुमा भरतपुर महानगरमा कोभिडका बिरामीका लागि निुशल्क एम्बुलेन्स सेवा उपलब्ध रहेको कुरा उल्लेख थिए । उक्त समाचार राष्ट्रिय समाचार समिति (रासस) मा पनि प्रकाशित भएको रहेछ । राससमा प्रकाशित भएपछि सो समाचार नारायणी अनलाइनले पनि प्रकाशित ग¥यो । देशका अधिकांश मिडियाले राससको समाचार प्रकाशन गर्ने भएकाले सो समाचार देशव्यापी बन्यो । राष्ट्रिय मिडियाहरुमा पनि उक्त सामाचारले स्थान पायो । महानगरले धेरै राम्रो काम गरेछ भनेर चारैतिरबाट प्रसंशा पनि भयो । केही अनलाइनका समाचारका लिंकहरु भरतपुर महानगरकी प्रमुख दाहालले पनि सेयर गरिन् ।

एम्बुलेन्स सेवा निशुल्क भएको समाचार प्रकाशित भएपछि महानगरमा एम्बुलेन्स नपाएर बिरामी अस्पताल ल्याउन नसकिएका कुरा बाहिर आए । एकातर्फ महानगरले निशुल्क एम्बुलेन्स सेवा दिएको छ भन्दै समाचारहरु प्रकाशित भएका छन्, भने अर्काेतिर महानगरबासी एम्बुलेन्स नपाएर भौतारिरहेका छन् । पाए पनि चर्काे मूल्य तिर्न बाध्य भएको सूचनाहरु बाहिरिए । यस्तो अवस्था देख्दा नारायणी अनलाइले महानगरले निुशल्क उपलब्ध गराएको भनेको दुई वटा एम्बुलेन्सको बारेमा खोजी ग¥यो । खोजपश्चात प्रमाणित भयो की महानगरले कुनै निशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छैन ।

निशुल्क एम्बुलेन्स सेवा भने पनि वास्तविकता भने फरक रहेछ । भरतपुर महानगर प्रमुख दाहालले मिडियाको प्रयोग गर्दै, मिडियालाई उल्लु बनाउँदै, मिडियालाई गलत सूचना दिँदै झुठको प्रचार गरेकी रहेछिन् । आफूहरुले आइसोलेशन बनाउन नसके पनि महानगरका लागि निशुल्क एम्बुलेन्स सेवा दिएको भन्दै उनले मिडियामा गलत सूचना सम्प्रेषण गराएको पाइएको छ । किनकी महानगरमा एम्बुलेन्स सेवा निशुल्क छैन । महानगरले दुई वटा एम्बुलेन्समार्फत निशुल्क सेवा दिने भनेता पनि सो एम्बुलेन्सका चालक आफैले आफूहरुलाई निशुल्क सेवा दिन नभएको बताएका छन् ।

नारायणी अनलाइनले भरतपुर महानगरका प्रशासकीय अधिकृतसँग महानगरले उपलब्ध गराएको निशुल्क एम्बुलेन्सको नम्बर माग्यो । प्रशासकीय अधिकृतले दुई वटा नम्बर त दिए तर उनले अहिलेसम्म निशुल्क एम्बुलेन्सको व्यवस्था नगरिएको बताए । नारायणी अनलाइनले पुनः ती एम्बुलेन्सका नम्बरहरुमा सम्पर्क ग¥यो ।

एउटा नम्बरमा फोन लाग्यो र उनी थिए एम्बुलेन्स चालक एवं नेपाल एम्बुलेन्स चालक संघका अध्यक्ष नवराज लामिछाने । उनलाई हामीले निशुल्क एम्बुलेन्स सेवा चाहियो भनेर सम्पर्क ग¥यौं । तर उनले आफूहरुले निशुल्क सेवा उपलब्ध नगराउने बताए । हामीले महानगरले निशुल्क सेवा दिने भनेको कुरा भन्यौं ।

महानगरले एम्बुलेन्सको व्यवस्थापनको लागि भनेर आफ्नो नम्बर राखिदिएको उनले बताए । तर निशुल्क भनेर केही कुरा नभएको उनको भनाइ छ । ‘तेलको मूल्य बढेको बढ्यै छ । यस्तो अवस्थामा राज्यले पैसा नदिने अनि निशुल्क सेवा हामी कसरी दिन सक्छौं र ? उनले भने ।’
अर्काे नम्बरमा सम्पर्क गर्दा एम्बुलेन्स चालकले आफू कावासोती भएको बताए । निशुल्क एम्बुलेन्सको सेवाको बारेमा कुरा गर्दा उनले निशुल्कको कुनै कुरा नभएको बताए । तर महानगरले मेरो नम्बर भने राखेको उनले बताए ।

फेरि पनि हामी रोकिएनौं । महानगर प्रमुख दाहाललाई नै सम्पर्क गरेर एम्बुलेन्सको नम्बर माग्यौं । मेयर दाहालहुँदै दुई तीन जनासम्म फोन पुग्यो र अन्तिममा बोल्नेले नम्बर एकछिनमा म्यासेजमा आउँछ भने । फेरि अर्काे नम्बरबाट फोन आयो र कहाँ हो के के लागि हो भनेर सोधियो । नारायणी स्टुडियोबाट हामीले सोध्यौं एम्बुलेन्सको नम्बर दिनुस् उहाँसँगै कुरा गर्छाैं । सिधै एम्बुलेन्सको नम्बर भन्न पनि दाहालको टिमले सकेन । एकछिनमा नम्बर आयो । प्रशासकीय अधिकृतले दिएको भन्दा फरक थियो उक्त नम्बर । उक्त नम्बरको फोन उठ्ने बित्तिकै म बैठकमा छु पछि गर्नुस भनेर फोन काटियो । साँच्चिकै बिरामी बनेर फोन गर्दा पनि महानगरले कुनै वास्ता गरेन ।

हामीलाई प्रशासकीय अधिकृतले दिएको नम्बर महानगरको वडाले निकालेको सूचनामा पनि थियो । जहाँ निशुल्क एम्बुलेन्स भनेर सोही नम्बर लेखएिको छ । तर उक्त नम्बरमा सम्पर्क गर्दा निशुल्क नभएको चालकले बताएका छन् ।

हेर्नुेहोस्, सूचना :

source: narayanionline.com/

Leave a comment

Your email address will not be published. Required fields are marked *