काठमाडौं । स्वयम्भू ठूलो भर्‍याङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
विहीबार विहान ट्याक्सीले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो ।

बालाजुबाट स्वयम्भूतर्फ जाँदै गरेको बा१ज ३८८६ नम्बरको ट्याक्सीले विपरित दिशाबाट आइरहेको बा प्र ०२०२४४७४२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार २२ वर्षीय शुभम् बज्राचार्यको घटनास्थलमै निधन भएको प्रहरीले बताएको छ ।

छाउनी निवासी मृतक बज्राचार्यको शव पोस्टमार्टमको लागि टिचिङ अस्पताल लगिएको छ भने ट्याक्सी चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।सुर्खेतका गगन कहिल्यै नफर्कने गरि कोरियामै बिदाभएदक्षिणकाेरियाकाे ४ बर्ष १० महिना पुरा गरी अबकाे १० दिनपछी अप्रिल तारिखका दिन नेपाल आउने पर्खाईमा बसेका गगन रावल कोरियामै अस्ताएका छन।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

हिजाे राति कारियाकाे समय अनुसार करिब २:३० बजे एक्काशि ठुलाे स्वरमा आवाज आउदा उनका रुममा भएका साथिहरु हेर्न पुग्दा एक्काशि बेहोस भएकाे अवस्थामा उनलाई पाइएको थियो। हर्ट अट्याकका कारण उनको यो अवस्था भएको हुन सक्ने सुर्खेतसमाजका निबर्तमान अध्यक्षले फेसबुक स्टाटसमार्फत जानकारी दिएका छन्। हार्दिक श्रद्धाञ्जली

Leave a comment

Your email address will not be published. Required fields are marked *