कल्पना दाहाल र प्रदिप रोक्का जो अहिले पछिल्लो क्रम दोहोरि च्याम्पियनमा गएसगै चर्चाको शिखरमा छन् ।अझ दोहोरि च्याम्पियनका जजहरुले गलत टिप्पणी गरिदिनुले उनिहरुलाई चर्चाको शिखरमा नै पुर्याएको हो ।

कल्पना दाहाल जस्को दाजु बितेको एक बर्ष मात्रै बित्दैछ ।त्यतिकैमा अहिले कल्पनाकि आमा बिराम परेर कल्पना झनै पिडामा छिन् ।आमाको उपचारमा १५ लाख लागेको र अझै ११ लाख तिर्न बाकि रहेको बताउछिन् कल्पना ।उता प्रदिपको समस्या पनि सानोतिनो छैन् सानैमा बुवा बितेपछि घरको मुख्य मान्छेनै नभइसकेपछि आफुले निकै नै कष्टकर जिवन बिताएको बताउँछन् ।

प्रदिपले सानो छदा आमाले हलो तानेको र आफू सानै भैरहदा सहरा समेत दिन नसकेको उता बुवा नभैसकेपछि आफू पढाइमा अब्बल भएपनि निरन्तर्ता दिन नसकेको बताउछन् उनी ।कल्पना र प्रदिप आफ्नो संघर्षको कथा सम्झिदै धुरुधुरु रोएका थिए ।

अहिले भने लोकदोहोरि च्याम्पियनको दोस्रो चरण पार भएको र आफुहरुलाई अहिले भने जर्जले एकदमै राम्रो प्रतिक्रिया दिएको बताउछन् कल्पना र प्रदिप ।केही समयको अन्तर्बार्तामा प्रदिप र कल्पनाले एकदमै राम्रो एकआपसमा दोहोरि समेत खेले ,भाग्य न्यौपाने मखै परे।

हेर्नुस् भिडियो सामाग्री

Leave a comment

Your email address will not be published. Required fields are marked *